भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं | चैत २४, २०७९

भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं:    भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।


भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको पनि बीबीसीको खबरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार तीन सय तीन जना पुगेको छ ।


यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्